प्रधानमन्त्री प्रचण्ड संसदबाट सोझै शीतल निवास

प्रधानमन्त्री प्रचण्ड संसदबाट सोझै शीतल निवास
सुन्नुहोस्

कामचलाउ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय पुग्नुभएको छ । 

प्रतिनिधिसभा बैठक सकिएलगत्तै उहाँ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुभएको हो । आज प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उहाँ पदमुक्त हुनुभएको छ । 

अब संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने कि उपधारा ३ अन्तर्गत भन्ने विवाद र बहस भैरहँदा प्रधानमन्त्री प्रचण्ड बानेश्वरबाट सिधै शीतल निवास जानुलाई चासोका साथ हेरिएको छ । यद्यपि आज संसदमा भएका सबै विषयको रिपोर्टिङका लागि उहाँ राष्ट्रपति कार्यालय पुगेको बताइएको छ ।

टिप्पणीहरू