‘नेपालमा स्याउलाको माला,अमेरिकामा चाँदीको खड्कुलो’

‘नेपालमा स्याउलाको माला,अमेरिकामा चाँदीको खड्कुलो’

माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल तथा पूर्व सांसद बलावती शर्माकी छोरीको विवाह अमेरिकाको राजधानी नजिकै धुमधामसङ्ग सम्पन्न भएको छ । पौडेलपुत्री गरिमाको बिहे अमेरिका निवासी विभुसँग भएको हो ।

उनीहरुको यसअघि फेब्रुअरीमा इन्गेजमेन्ट भएको थियो । स्थानीय समयअनुसार शुक्रबार भर्जिनिया फेयरफक्स लोर्टनस्थित दुर्गा मन्दिर परिसरमा उनीहरु वैवाहिक सम्बन्धमा गाँसिएका छन् ।

उनीहरुको विवाहमा नेपाली पुरेत डा.रघुनाथ अर्यालले धार्मिक विधि पुर्याएको बताइएको छ । माओवादी नेताको छोरीको अमेरिकामा सम्पन्न विवाहमा अपनाइएको तडकभडकतर्फ इंगित गर्दै सहभागी एक जना पाहुनाले भने,‘उता गाउँमा जनताको छोराछोरीलाई स्याउलाको माला लगाएर जनवादी विवाह गर्नुपर्छ भन्ने । अहिले अमेरिकामा चाँदीको खड्कुलोमा राखेर गोडा धोएका छन् ।’

टिप्पणीहरू