बैंककको बिहेमा नेपालबाट जानेको लर्को

बैंककको बिहेमा नेपालबाट जानेको लर्को
सुन्नुहोस्

भारतीय खर्बपति मुकेश अम्बानीका छोराको बिहेको चर्चा सेलाएको छैन । उता,एकजना नेपालीले पनि थाइल्याण्डको बैंककमा धुमधामसँग छोरीको बिहे गर्न लागेका छन् ।

कुमार कार्कीले छोरीको बिहेमा नेपालबाट सयौं सेलिब्रेटी र अन्यलाई निम्त्याएको पाइएको छ । त्यहाँको प्रिन्स प्यालेसमा कुमारकी छोरी आरती कार्की र रोहित चौहानबीच लगनगाँठो कस्न लागिएको छ । छोरीको बिबाहलाई चर्चामा ल्याउन कुमारले खर्चमा कुनै कसर बाँकी नराखेको एकजना निम्तालुले बताए । 

यसक्रममा व्यापारी,कलाकार,पत्रकार र आफन्तसहित साढे दुई सयभन्दा बढी पाहुना थाइल्याण्ड पुुग्ने क्रम जारी छ । अभिनेता दिलिप रायमाझी,गायक आनन्द कार्की,अमेरिका बस्दै आएका भुटानी शरणार्थी गोपाल धिताल, कलाकार सन्दिप क्षेत्रीमध्ये धेरैजसो आज र भोलि त्यहाँ पुग्ने कार्यक्रम छ । 

"हवाई टिकट र पुरुषलाई एक–एक जोर दौरा–सुरुवालको समेत व्यवस्था गरिदिएका छन् । नेपालबाट ११ सय जोर दौरा–सुरुवाल यसअघि नै बैंकक पुर्याइएको छ ।"

कुमारले नेपालका आठ सयभन्दा बढी सेलिब्रेटी र समाजका विभिन्न क्षेत्रकालाई निम्तो पठाएका छन् । यसरी जान लाग्नेमा कलाकारहरु प्रियंका कार्की,रिमा विश्वकर्मा,केकी अधिकारी,पूजा शर्मा, मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य,रचना रिमाल,गौरी मल्ल,राजेश हमाल,प्रसन्ना शाक्य,पल शाह,अस्मिता अधिकारीलगायत छन् । उनले निम्तोमा नेपाली चलचित्र र सांगीतिक क्षेत्रका महिला कलाकारलाई प्राथमिकतामा राखेको देखिन्छ । निम्ताइएकामध्ये धेरैले अझै बैंकक जाने वा नजानेबारे कुनै निर्णय गरेका छैनन् ।

कुमारले निम्ताइएकाहरुलाई हवाई टिकट र पुरुषलाई एक–एक जोर दौरा–सुरुवालको समेत व्यवस्था गरिदिएका छन् । नेपालबाट ११ सय जोर दौरा–सुरुवाल यसअघि नै बैंकक पुर्याइएको छ ।

टिप्पणीहरू