‘कोकाकोला फिगर’की अभिनेत्री आमा बन्दै

‘कोकाकोला फिगर’की अभिनेत्री आमा बन्दै

‘तिम्रो फिगर कोकाकोला’ भन्ने गीत पक्कै सुन्नु भएको होला । एक दशकअघि प्रदर्शन भएको चलचित्र ‘अर्धकट्टी’मा समाविष्ट यो गीत अहिले पनि समाजिक सञ्जालमा उत्तिकै रुचाइएको पाइन्छ । 

पुरुषले महिलाको सुन्दरताको तारिफ गर्दा धेरैले गीतको उक्त पंक्ति प्रयोग गर्ने गरेका छन् । यस गीतकी अभिनेत्री हुन्, अशिष्मा नकर्मी । चलचित्रले खासै फेम नदिए पनि गीतले उनलाई राम्रै चर्चा दियो । अहिले पनि कतिपयले उनलाई ‘फिगर कोकाकोला’ उपनामले चिन्ने गरेको पाइन्छ । 

उनै अशिष्मा अब आमा बन्दैछिन् । ०७४ मा नविनचन्द्र प्रधानसँग बिहे गरेर अमेरिका गएकी उनले पहिलो सन्तान जन्म दिन लागेकी हुन् । 

सामाजिक सञ्जालमा बेबी बम्पको तस्वीर शेयर गर्दै उनले भनेकी छन्, ‘लामो समयपछि अर्को खुशी सार्वजनिक गर्ने बेला आएको छ । सन् २०२५ मा हामीले नयाँ उपहार पाउदैछौँ ।’

एक दर्जन चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरेकी उनी पछिल्लो समय भने मनोरञ्जनको दुनियाँबाट टाढा छिन् ।

टिप्पणीहरू