थर हेरेर फुली थप्न थालेपछि जागिरको के भर ?

थर हेरेर फुली थप्न थालेपछि जागिरको के भर ?
सुन्नुहोस्

नेपाल प्रहरीका दुई वरिष्ठ डिआइजीलाई पन्छाएर कनिष्ठलाई बढुवा सिफारिस गरिएको छ । नेपाली काँग्रेसका एक जना नेताकी नातेदार भएकै कारण ११ दिनपछि स्वतः अवकाश हुने किरण राणालाई एआइजीमा बढुवा सिफारिस गरिएको सहकर्मीहरुको आरोप छ ।

प्रहरीको जनपद समूहतर्फ रिक्त एआइजी (बिशिष्ट श्रेणी,अतिरिक्त महानिरीक्षक) को एउटा पदमा पूर्तिका लागि अस्ति साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरणलाई सिफारिस गरेको हो । राणाभन्दा वरिष्ठ डिआइजीहरुमा बुद्धिराज गुरुङ र दुर्गा सिंह छन् । त्यसैगरी बढुवाको सम्भावना रहेकामध्ये एक ठानिएका प्रहरी अस्पतालका डिआइजी डा. सञ्जयविक्रम श्रेष्ठमाथि अन्याय भएको प्रहरी अधिकृतहरु नै बताउँछन् । 

राणा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार हुन् । यसअघि असारमा रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री हुँदा डिआइजी पोषराज पोखरेललाई उनकै जोडबलमा एआइजी बढुवा सिफारिस गरिएको थियो । तर,लगत्तै सरकार परिवर्तन भएकाले पोखरेलको बढुवा सिफारिस मन्त्रिपरिषद्ले रोकिदियो र उनी डिआइजीमै घर गए । यसपटक भने त्यस्तो हुने सम्भावना देखिँदैन ।

टिप्पणीहरू