रविको पक्षमा बोलेको धमलाको दाबीमाथि सहकारी पीडितको खण्डन

रविको पक्षमा बोलेको धमलाको दाबीमाथि सहकारी पीडितको खण्डन
सुन्नुहोस्

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बचाउमा नरहेको स्पष्ट पारेको छ । 

सहकारी ठगी प्रकरणमा समातिएका लामिछानेको समर्थनमा उभिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै अभियानले कुनै पनि राजनीतिक दल र नेताको पक्षमा नरहेको प्रतिक्रिया दिएको हो । 

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान कुनै पनि राजनीतिक दल वा समूहसँग आबद्ध नभएको र विशुद्ध सहकारी बचतकर्ता पीडितहरुको पक्षमा रहेको छ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस महासंघ सदैव पीडित बचतकर्ताहरुको हकहित सहकारी बचतकर्ताको बचत फिर्ताका लागि लडिरहनेछ ।’

बचतकर्ताहरुको रकम अपचलन गर्ने ठगहरुलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गर्दै विज्ञप्तिमा महासंघको गरिमामा ठेस पुग्नेगरी प्रकाशित भएका समाचार नसच्याइए कानूनी कारबाहीमा जाने चेतावनी पनि दिइएको छ । 

आइतबार ‘जनता जान्न चान्हछन्’ कार्यक्रममा महासंघका अध्यक्ष कुशलभ केसीसहित एमाले नेता बचनबहादुर सिंह र राजनीतिक विश्लेषक डा.विजय मिश्रले अन्तवार्ता दिएका थिए । सोक्रममा रवि लामिछाने पक्राउको विषयलाई लिएर केसी र सिंहबीच मुखामुख भएको थियो । 

‘रविको पक्षमा सहकारी पीडित उभिएपछि एमाले नेता स्टुडियोमै जाइलागे, विश्लेषक र धमलाले यसरी झपारे’ शीर्षकमा अन्तर्वार्ताको भिडियो सार्वजनिक गरिएको थियो । त्यसप्रति महासंघले आपत्ति जनाएको हो ।

टिप्पणीहरू