चर्को आवाजमा मोटरसाइकल कुदाउनेको फोटो पठाउनेलाई पुरस्कार

चर्को आवाजमा मोटरसाइकल कुदाउनेको फोटो पठाउनेलाई पुरस्कार

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चर्को ध्वनीमा मोटरसाइकल कुदाउनेको फोटो खिचेर पठाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । नगरभित्र मोटरसाइकलको साइलेन्सर मोडिफाईको नाममा ध्वनी प्रदूषण गर्ने क्रम बढेपछि नगरपालिकाले नयाँ जुक्ति निकालेको बताइन्छ ।

त्यसरी ध्वनी प्रदूषण गराउने सवारी चालक र मोटरसाइकल नम्बरसहितको फोटो तथा विवरण पठाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरिएको छ । जारी सूचनामा त्यस्तो विवरण उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिने उल्लेख छ ।

‘केही मोटरसाइकल सवारी चालकले सवारीको साइलेन्सर मोडिफाई गरी चलाउने गरेको पाइएकोले उक्त कार्य गर्ने सवारी चालकको मोटरसाइकल नम्बरसहितको फोटो तथा विवरण ९८५१२९६३१२ मा उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने र उक्त व्यक्तिलाई नगरपालिकाबाट पाँच हजार रुपैयाँ प्रोत्साहनस्वरुप दिइने सूचित गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू