घमासान युद्धस्थलमा अमेरिकी विदेशमन्त्री

घमासान युद्धस्थलमा अमेरिकी विदेशमन्त्री
सुन्नुहोस्

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । विदेशमन्त्री ब्लिन्केन प्यालेस्टिनको गाजा क्षेत्रमा भइरहेको युद्धविराम र बन्धक रिहाइका लागि इजरायल पुगेको बताइएको छ ।

गत वर्ष अक्टोबर ७ देखि भएको इजरायल–हमास युद्धपछि ब्लिन्केनको यो ११ औं इजरायल भ्रमण हो । ब्लिन्केनले इजरायल–लेबनानबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने अमेरिकाले जनाएको छ । आगामी एक साता मध्यपूर्वका विभिन्न मुलुकको भ्रमण गर्ने अमेरिकी विदेशमन्त्रीले युद्धविराम पहलका लागि अरब राष्ट्रका नेताहरुसँग छलफल गर्ने समाचारमा जनाइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री योभ ग्लान्टसहित उच्च अधिकारीसँग छलफल गरेपछि ब्लिन्केन जोर्डन र कतारको भ्रमणमा जाँदै छन् । हमासका नेता याह्या सिनवार मारिएपछिको अवस्थामा युद्धविरामको सम्भावना नरहेको प्यालेष्टिनी पक्षको भनाई छ ।

गएराति पनि हिजबुल्लाहले इजरायलको तेल अबिब र उत्तरी क्षेत्रमा रहेका सैन्य निशानामा प्रहार गरेको जनाइएको छ ।

टिप्पणीहरू