गड्डाचौकी भन्सारमा एसबिआईको एक्सटेन्सन काउन्टर

गड्डाचौकी भन्सारमा एसबिआईको एक्सटेन्सन काउन्टर

कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा एसबिआई बैंकको काउन्टर खुलेको छ । बैंकले भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो ।  

बैंकका प्रबन्ध निर्देशक एंव प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र भन्सार कार्यालय प्रमुख राजनबाबु काफ्लेले हिजो संयुक्त रुपमा काउन्टर उद्घाटन गरे । सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकूमार पाण्डे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित बैंक र भन्सार कार्यालयका अन्य पदाधिकारीहरु सहभागी भएका थिए । 

एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई उनीहरूको वित्तीय तथा भन्सारसम्बन्धी बैंकिङ सेवाको सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । भीमदत्त नगरपालिका–०५, महेन्द्रनगरस्थित कञ्चनपुर क्याम्पस रोडमा अवस्थित शाखा सोही नगरपालिकाको वडा नं.०४, मा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेकोसमेत जानकारी गराइएको छ ।

एसबिआई बैंकले देशभर आफ्ना एक सय वटा शाखा, २२ वटा एक्सटेन्सन काउण्टर, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयबाट बैकिङ्ग सेवासुविधा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू