एसबिआई बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट घोषित

एसबिआई बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट घोषित
सुन्नुहोस्

नेपाल एसबिआई बैंक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, २०२३’ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उक्त अवार्डसहित बैंकलाई सम्मान गरेको छ । 

उक्त अवार्ड बैंकिङ्ग सेक्टरमा उत्कृष्ट वित्तिय विवरण प्रकाशन गरेबापत आइक्यानले बैंकलाई प्रदान गरेको हो । 

काठमाडौंमा हिजो आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो । 

बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १२१ एटीएम, १९ शाखारहित बैंकिङ्ग र सात प्रादेशिक कार्यालयसहित एक कर्पोरेट कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू