नगरपालिका प्राङ्गणमा मेयरलाई श्रद्धाञ्जली

नगरपालिका प्राङ्गणमा मेयरलाई श्रद्धाञ्जली
सुन्नुहोस्

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनी उपचारको क्रममा गएराति वीर अस्पतालको आइसीयुमा बितेका हुन् ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीलाई हिजो बिहान साढे ५ बजे वीर अस्पतालमा भर्ना गरिएको थियो । गएराति साढे १० बजे अस्पतालले मेयरको निधन भएको जानकारी दिएको बताइन्छ ।

उनको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि कीर्तिपुर नगरपालिकाको प्राङ्गणमा श्रद्धाञ्जलीको निम्ति राखिएको छ । मेयरको निधनपछि नगरपालिकाले आज नगरभित्र शोक बिदा दिएको छ ।

नकर्मी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । पछिल्लो समय स्वास्थ्य समस्या बढेपछि उनले साउन १ गतेदेखि उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए ।

 

टिप्पणीहरू