माननीयहरुमाथि नै खन्निने यी महानिर्देशक

माननीयहरुमाथि नै खन्निने यी महानिर्देशक

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा उपस्थित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उल्टै माननीयहरुलाई प्रश्न सोधेका छन् ।

अस्ति दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे नियमनकारी निकायको धारणा बुझ्न बोलाइएका अधिकारीलाई माननीयहरुले जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

सांसदहरुले विस्तृत परीक्षण र मर्मत गर्न पोखरा लैजान लागिएको जहाजमा किन गैरप्राविधिक व्यक्ति र बालकलाई चढाइएको ? भन्दै प्रश्न गर्दा अधिकारीले परीक्षणका लागि लैजान लागिएको जहाजमा अन्य व्यक्ति चढाउन नहुने भन्ने कुनै कानुन छ ? भनेर प्रतिप्रश्न गरेका थिए । बैठकमा सहभागी एकजना सांसदले भने, ‘अधिकारीको भनाई पूरै गोलमटोल पाराको थियो । उनले अरु कसैलाई नियम, कानुन नै थाहा नभएको जस्तो गरे । सांसदहरुलाई नै ह्याकुलाले पेले झैँ गर्दारहेछन् ।’

मर्मत गर्न पोखरा लैजान लागिएको जहाजमा किन गैरप्राविधिक व्यक्ति र बालकलाई चढाइएको ? भन्दै प्रश्न गर्दा अधिकारीले परीक्षणका लागि लैजान लागिएको जहाजमा अन्य व्यक्ति चढाउन नहुने भन्ने कुनै कानुन छ ? भनेर प्रतिप्रश्न गरेका थिए ।

सांसदहरुले उनलाई अनधिकृत व्यक्तिलाई किन विमान चढाएको ? किन दुर्घटनामा उद्धार संयन्त्र प्रभावकारी बनाउन नसकेको ? लगायत प्रश्न गरेका थिए । सांसद शिशिर खनालले दुर्घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म महानिर्देशकलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

सांसद धवलसमशेर राणाले पनि दुर्घटनामा दोषी प्राधिकरण भएको बताए । उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको छ । गम्भीर घाइते पाइलट मनीषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

टिप्पणीहरू