टिआरसीमा आज पनि कुरा मिलेन

टिआरसीमा आज पनि कुरा मिलेन

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा करिब दुई घण्टा चलेकाे बैठक त्यत्तिकै सकिएको हो । टिआरसी विधेयकमा सहमति जुट्न बाँकी बुँदाहरुमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि अब अर्को आगामी सोमबार बस्नेछ । 

आजको बैठकमा विवादित विषयहरुमा सैद्धान्तिक सहमति भएको कार्यदलका सदस्य जनार्दन शमाले जानकारी दिए । ‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि उनले भने । 

त्यस्तै कार्यदलका अर्का सदस्य महेश बर्तौतालले पनि टिआरसी विधेयकमा करिब ९० प्रतिशत सहमति भइसकेको बताए । अब बस्ने बैठकले त्यसलाई पूर्णता दिने उनले जानकारी दिए ।

'प्रथमत: टिआरसीको विषयलाई हामीले सत्तापक्ष र प्रतिपक्षको विषयभन्दा पनि सम्रग देशको विषय हो भनेर छलफल गरिरहेका छौं',उनले भने, 'यससम्बन्धी कानुनलाई मजबुत बनाउने, भिक्टिमलाई केन्द्रमा राख्ने, अन्तराष्ट्रिय कानुनलाई ख्याल गर्ने र सर्वोच्चका पुराना नजिरलाई आधार मान्ने गरी सहमति भएको छ । पाँचौ बैठकले यसलाई पूर्णता दिन्छ ।' 

कार्यदलमा नेपाली कांग्रेसकाे तर्फबाट रमेश लेखक,एमालेकाे तर्फबाट बर्ताैला र माओवादी केन्द्रकाे तर्फबाट शर्मा सदस्य छन् ।

 

टिप्पणीहरू