बस दुर्घटनाका मृतकको शव पोष्टमार्टमपछि भारत लगिँदै
तनहुँको आँबुखैरेनीमा हिजो बिहान भएको बस दुर्घटनाका २७ जना मृतकको शव पोष्टमार्टम थालिएको छ । भरतपुर अस्पतालमा छ जनाको पोष्टमार्टम सकिएको जानकारी दिइएको छ ।
ऐनापहरामा भएको बस दुर्घटनाका सबै मृतकको शव आँबुखैरेनी अस्पतालबाट राति नै भरतपुर अस्पताल पुर्याइएको थियो । दुर्घटनामा १६ महिला र ११ पुरूषले ज्यान गुमाएका छन् । तीमध्ये एक ४ वर्षीया बालिका हुन् ।
पोष्टमार्टमपछि काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले शव बुझेर भारतको महाराष्ट्रमा रहेका आफन्तको जिम्मा लगाउने तयारी छ । घाइते १६ जनाको काठमाडौं, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरु लुम्बिनी र पोखरा घुमेपछि पशुपतिनाथ दर्शनका लागि काठमाडौं आउने क्रममा दुर्घटनामा परेका हुन् ।
टिप्पणीहरू