सबै श्रेणीहरू

चीनका भूकम्पपीडितलाई नेपाली समुदायको सहयोग

चीनका भूकम्पपीडितलाई नेपाली समुदायको सहयोग

चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत) मा गत मंगलबार बिहान गएको भूकम्प प्रभावितहरुलाई चीनमा रहेको नेपाली समुदायले आर्थिक सहयोग गरेको छ । सिचाङको ल्हासामा रहेको नेपाली समुदायबाट संकलित ३७ लाख १७ हजार ५३० रुपैयाँ ल्हासा रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।

ल्हासामा रहेका नेपालीहरुको संस्था नेपाली दुःख निवारण कल्याण्कोषले त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा उक्त रकम संकल गरेको हो । संकलित रकम ल्हासास्थित रेडक्रस कार्यालयमा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले रेडक्रसका प्रमुख लियो यिदोङलाई हस्तान्तरण गरेका हुन् ।

डिंग्री काउन्टीमा गएको ६.८ रेक्टर स्केलको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएको जनाइएको छ ।