निर्वाचन आयोगमा सुरक्षा बैठक
आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगमा सुरक्षा बैठक बसेको छ ।
बहादुरभवनस्थित आयोगको कार्यालयमा आज अपराह्न बसेको बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए । अपराह्न ३ देखि चार बजेसम्म चलेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव रामेश्वर दङ्गाल, नेपाली सेनाको रथी प्रदिपजंग केसी, नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदी, सशस्त्रका एआइजी गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओम जोशीलगायतको उपस्थिति रहेको बताइएको छ ।
बैठकमा फागुन २१ को प्रतिनिधिसभा र माघ ११ को राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने विषयमा केन्द्रित रहेको जनाइएको छ ।
टिप्पणीहरू