रविको मुद्दामा बिहिबार सुनुवाई
सहकारी ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावी तयारीमा छन् । त्यसै क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग ७/बुँदे सम्झौता गरिसके । आज बिहानै बालेनलाई प्रधानमन्त्री बनाउनेसहित सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका रविसँग सम्झौतासँगै बालेनमाथि पनि प्रश्न उठेको छ । रवि गत पुस ३ गते उच्च अदालत तुलसीपुर,बुटवल इजलासबाट थुनामुक्त भएका हुन् । न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई बैंक जमानत लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
रुपन्देही जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटीमा छुटेका रविलाई उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । गत चैत २५ गते भैरहवा कारागार चलान भएकोमा उनले श्रीमती निकिता पौडेल लामिछानेमार्फत सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दा न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गत जेठ ९ गते रिट खारेजको फैसला गरिदियो । त्यसपछि उनले बिगोबापतको बैंक जमानत राखेर थुनामुक्त गरिपाऊँ भन्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिए । न्यायाधीश नारायण सापकोटाको एकल इजलासले उनको निवेदन अस्वीकार गरिदियो ।
"अन्तबाट ग्यालेक्सी टिभीमा पैसा सारेको देखिए पनि काठमाण्डौको स्वर्णलक्ष्मीबाट त ४४ र ४६ लाख गरी दुई किस्ता रकम निकालेर गाडी किनेको प्रमाण नै छ । "
जिल्लाबाट निवेदन अस्वीकार भएपछि उच्चमा पुनरावेदन गरे । उच्चले सर्वोच्चको आदेश काट्दै उनलाई थुनामुक्त गरिदियो । त्यहाँबाट छुटे पनि अन्य अदालतमा मुद्दा चालु अवस्थामा छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनीविरुद्ध उच्च अदालत, पाटनमा दायर मुद्दामा आउँदो बिहिबार पेशी छ । अन्तबाट ग्यालेक्सी टिभीमा पैसा सारेको देखिए पनि काठमाण्डौको स्वर्णलक्ष्मीबाट त ४४ र ४६ लाख गरी दुई किस्ता रकम निकालेर गाडी किनेको प्रमाण नै छ । तैपनि कास्कीका कान्छा न्यायाधीश नितिज राईको लहै लहैमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गत माघ २ गते रविलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरिदियो । स्वर्णलक्ष्मीबाट झण्डै एक करोड झिकेर दुईटा गाडी किनेको प्रमाण हुँदाहुँदै धरौटीमा छोड्ने जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्चमा पुनरावेदन गर्यो । सो मुद्दामा बिहिबार सुनुवाई हुँदैछ । यता,कास्की जिल्ला अदालतमा उनीविरुद्धको मुद्दा चालु अवस्थामा छ ।
पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा कान्छा न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । चितवन र पर्सामा पनि उनीविरुद्ध मुद्दा चलिरहेको छ । तर,भदौ २३ र २४ गतेको प्रदर्शनमा अदालत जलेकाले मुद्दाउपर सुनुवाईमा ढिलाई भएको छ । उनी बाहिर बस्दा मुद्दामाथि चलखेल गर्ने जोखिम बढेको स्रोत बताउँछ ।
मुद्दाउपर चाँडोभन्दा चाँडो सुनुवाई हुनुपर्ने उनैको माग छ । स्रोत भन्छ,‘उनले बाहिर बसेर चलखेल गर्ने सम्भावना बढी छ । त्यसैले अन्य मुद्दामा छिटो सुनुवाई गर्न आवश्यक छ ।’ यता,गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले भोलि पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ ।
टिप्पणीहरू