उपसभामुख इन्दिराले बुझाइन् गाडीको साँचाे

उपसभामुख इन्दिराले बुझाइन् गाडीको साँचाे

उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । आजबाट पदावधि सकिएसँगै उनले आफूले चढ्दै आएको बिवाइडी र ल्याण्ड क्रुजर गाडीको साँचाे संसद् सचिवालयमा बुझाएकी हुन् । 

गाडी बुझाएपछि उनी ट्याक्सीमा सिंहदरबारबाट बाहिरिएकी थिइन् । आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएसँगै सभामुख देवराज घिमिरे र उपसभामुख रानामगरको पदावधि सकिएको छ । 

सभामुख घिमिरे २०७९ माघ ५ र उपसभामुख रानामगर माघ ७ गते निर्वाचित भएका थिए ।

टिप्पणीहरू