मुसलधारे वर्षापछिको बाढीले बगायो गाडी
गएराति बागलुङ र म्याग्दीका धेरै भागमा मुसलधारे पानी परेको छ । राति हुलाके खोल्सामा आएको बाढीले पोखराबाट बेनीतर्फ गइरहेको ग.२च ९३५५ नम्बरको जीपलाई बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यात्रु र चालकले भागेर ज्यान जोगाएका हुन् । बाढीको पानी पसेपछि जिल्लाका विभिन्न विद्यालय, ज्येष्ठ नागरिक आश्रम, ग्रामीण सडकमा क्षति पुगेको छ ।
त्यस्तै जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेको छ ।
सडक भत्केका कारण म्याग्दी सदरमुकाम, विभिन्न गाउँ, बागलुङ, पर्वत र मुस्ताङसँगको यातायात सम्पर्कविच्छेद भएको जनाइएको छ ।
टिप्पणीहरू