मर्स्याङ्दीको किनारमा दुर्घटनाग्रस्त भारतीय बस सडकमा तानिँदै

मर्स्याङ्दीको किनारमा दुर्घटनाग्रस्त भारतीय बस सडकमा तानिँदै

तनहुँको आँबुखैरेनी नजिकैको ऐनापहरामा दुर्घनाग्रस्त भारतीय नम्बर प्लेटको बस सडकमा तान्ने क्रम जारी छ । उक्त कार्यका लागि पृथ्वी राजगार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड बिहान साढे ६ बजेदेखि बन्द छ ।

दुर्घटनापछि मर्स्याङ्दी नदी किनारमा पुगेको बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गरिएका छ । दुर्घटनामा २७ जनाको मृत्यु र १६ जना घाइते भएका छन् । 

मृतकमध्ये २५ जनाको शव भरतपुरमा पोष्टमार्टमपछि शनिबार अपरान्ह भारतीय वायुसेनाको विमानमा राखेर मुम्बई लगिएको छ । दुई जनाको सडकमार्गबाट सुनौली हुँदै गोरखपुर पुर्याइएको हो ।

घाइतेहरुको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको छ ।

टिप्पणीहरू