बाढीपछि धादिङ सदरमुकामसँग उत्तरी भेगको यातायात सम्पर्क टुट्यो

बाढीपछि धादिङ सदरमुकामसँग उत्तरी भेगको यातायात सम्पर्क टुट्यो तस्बिर : सीताराम भट्ट

थोपल खोलामा आएको बाढीले सडक भत्काएपछि धादिङ सदरमुकाम र उत्तरी भेगको यातायात सम्पर्क टुटेको छ ।

गएरातिको वर्षापछि आएको बाढीले तिप्लिङ्ग सडकको पुछार बजारमा रहेको थोपल खोलाको पुलमुनिको भाग बगाएको छ।

खोला नजिकैको पशुपति मन्दिरतर्फको भाग रातिको बाढिले बगाएको छ । आज बिहानदेखि सदरमुकामबाट उत्तरतर्फको सबै यातायात सेवा अवरुद्ध भएको जनाइएको छ ।

टिप्पणीहरू