निजी क्षेत्रको चासोप्रति अर्थमन्त्रीको टिप्पणी- गुनासोबाट बाहिर निस्कनुस्

निजी क्षेत्रको चासोप्रति अर्थमन्त्रीको टिप्पणी- गुनासोबाट बाहिर निस्कनुस्
सुन्नुहोस्

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई सधैं गुनासोमात्र नगर्न सुझाव दिनुभएको छ । 

सरकार निजि क्षेत्रको समस्या समाधान गर्न तयार रहेको स्पष्ट पार्दै उहाँले गुनासोबाट बाहिर निस्कन निस्कन सुझाउनु भएको हो । अर्थमन्त्रीले गुनासो मात्रै नभइ समाधान खोज्न पनि निजि क्षेत्रलाई सम्झाउनुभयो । 

‘अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ । म आग्रह गर्न चाहन्छु- सरकारले सुन्दैन थियो भने, यहाँहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने त्यतिबेला गुनासको प्रयोजन हुन्थ्यो पनि होला । अहिलेको सरकार सुन्न तयार छ । सुन्न मात्रै होइन, समाधान गर्न तयार छ', काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्नुभयो । 

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजि क्षेत्रमा अख्तियार लगाउनेगरी कानुन बनाउने तयारीप्रति असन्तुष्टि जनाउनुभएको थियो । जवाफमा अर्थमन्त्री पौडेलले संसदमा विचाराधिन उक्त कानूनबारे संसदीय समितिमा  छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

'संसदमा विचाराधिन कानूनको जुन कुरा छ, निजी क्षेत्रका साथीहरुले छलफलमा भाग लिन चाहनुभएको छ, उहाँहरुका सुझाव स—शरीर उपस्थित भएर हामीले सुनौँ र त्यसमा उहाँहरुका सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गरौँ भन्ने प्रस्ताव म अर्थ समितिको सभपतिज्यूलाई राख्नेछु', उहाँले भन्नुभयो ।
 

टिप्पणीहरू