जताततै तीजको दर, बालुवाटारदेखि बूढानीलकण्ठसम्म निम्तालुको लहर

सुन्नुहोस्

हिन्दू धर्मावलम्बी महिलाहरुको यो वर्षको हतिालिका पर्व (तीज) शुक्रबार परेको छ । तर, झण्डै एक महिना अघिदेखि यही नाममा दर खाने र नाच्ने अभियान जारी छ । 

तीजको दरलाई अचेल निकै प्रतिस्पर्धात्मक अभियानको रुपमा लिन थालिएको छ । यसमा प्रमुख राजनीतिक दल र तिनका भ्रातृ संगठन, प्रधानमन्त्री पत्नीदेखि परराष्ट्र मन्त्रीसमेत हौसिएकै देखिन्छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफू निकटस्थसँगै एमाले अखिलका नेतृहरुलाई बोलाएर अस्ति बेलुकी बालुवाटारमा दर खुवाउनुभएको थियो ।

त्यसअघि एमाले मुख्यालय,च्यासल, ललितपुरमा पनि दर कार्यक्रमको आयोजना गरियो । एमाले निकट निजामती कर्मचारी संगठनले गत साता पार्टी प्यालेसमा दर कार्यक्रम राखेको थियो ।

यता, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले पनि अस्ति शनिबार अपरान्हदेखि साँझसम्म बूढानीलकण्ठस्थित निवासमा दरको कार्यक्रम राख्नुभयो । आँगनमा टेण्ट टाँगेर आयोजित कार्यक्रममा काँग्रेसका नेत्रीहरु,मन्त्रालयका महिला कर्मचारी आमन्त्रित थिए । दर खानपिनसँगै मन्त्री राणा सहभागीहरुसँगै कम्मर मर्काउँदै नाच्नुभएको थियो ।
 

टिप्पणीहरू