नेपाली सस्पेन्स थ्रिलर फिल्म शुक्रबारदेखि

नेपाली सस्पेन्स थ्रिलर फिल्म शुक्रबारदेखि
सुन्नुहोस्

दर्शकलाई कस्तो चलचित्र मनपर्छ ? त्यसको ठोस जवाफ न कलाकारसँग हुन्छ, न निर्देशक÷निर्मातासँग । तर दर्शक कस्तो चलचित्र हेर्न चाहन्छन् ? त्यो भने केही हदसम्म अनुमान गर्न सकिन्छ । 

सोसल ड्रामा, कमेडी, एक्सन, लभस्टोरी जनराका चलचित्र हेरेर वाक्क–दिक्क भइसकेका दर्शकलाई अब भने एउटा सस्पेन्स थ्रिलर कथा हेर्न पाउने भएका छन्, ‘देवी’ मा । 

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा एउटा बलात्कृत युवतीको कथा र घटनाको अनुसन्धानमा हुने दबाबको कथा प्रस्तुत गरिएको बताइन्छ । 

पछिल्लो समय नेपाली समाजमा बलात्कारका घटनाहरु बढिरहेको बेला यो चलचित्रले एउटा गतिलो प्रतिबिम्ब प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ । चलचित्रमा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायतको अभिनय छ । 

एक्जिविट स्टुडियो र बासुरी फिल्मको संयुक्त ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई सन्जोग राईले निर्देशन गरेका हुन् ।

टिप्पणीहरू