पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

बिहान सबेरै खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा लेदोसहितको पहिरो खसेको बताइन्छ ।  

रातभरको वर्षापछि बिहान ७ बजेको समयमा पहिरो गएको हो । पहिरोपछि दुवैतर्फको आवागमन रोकिएको छ ।

पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू