मोटरसाइकल र स्कुटरमा सवार तीनै जना बगे

मोटरसाइकल र स्कुटरमा सवार तीनै जना बगे
सुन्नुहोस्

बागलुङमा गएराति आएको बाढीमा तीन जना बगेका छन् । मोटरसाइकल र स्कुटर बगाउँदा तीनै जना मृत भेटिएका हुन् ।

बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा उनीहरुको निधन भएको हो । स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, २० वर्षीय कमल सापकोटाको ज्यान गएको छ । 

प्रहरीका अनुसार बाढीले बगाएका उनीहरु तीन सय मीटर तल मृत अवस्थामा भेटिएका हुन् । ध.२प ८०१० नम्बरको मोटरसाइकल र ध.१ प ९९९६ नम्बरमा सवार उनीहरुलाई राति बगाएको हो ।

टिप्पणीहरू