पलेशालाई अर्को सम्मान, थपियो तीन लाख

पलेशालाई अर्को सम्मान, थपियो तीन लाख

नेपाल उद्योग वाणिज्य महासंघले पाराओलम्पिककी काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । उनलाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको महासंघले जनाएको छ । 

यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई डेढ लाख र व्यवस्थापनक रामचन्द्र श्रेष्ठलाई पनि ७५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । महासंघक अध्यक्ष चन्द्रप्रसाद ढकालले समग्र टिमलाई बधाई दिँदै यो नेपालको लागि गर्वको क्षण भएको बताए  

उनले महासंघका सदस्यहरु एवम् निजी क्षेत्रलाई खेलाडी र खेल क्षेत्रमा यथासम्भव सहयोग बढाउन पनि आग्रह गरेका छन् । ‘नेपाली युवाहरु प्रतिभावान छन्,’ अध्यक्ष ढकालले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्छ ।’

पलेशाले पेरिस पाराओलम्पिक खेल तेक्वान्दोमा काँस्य पदक जित्दै नेपाली खेलकुद इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी हुन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पनि हो । आफ्नो सफलताले भविष्यका खेलाडीहरुलाई प्रेरित गर्ने पलेशाले बताएकी छन् ।

टिप्पणीहरू