हिरोइनहरूको ‘तीज लुक्स’

हिरोइनहरूको ‘तीज लुक्स’

हिन्दू धर्मावलम्बी महिला अधिकांशले आज प्रायः रातो साडी वा कुर्ता लगाएको देखिन्छ । त्यसमा चुरा, पोते र रातो धागोले झन् सुन्दरता थपेको छ ।

सांस्कृतिक तथा सौन्दर्य विज्ञहरुका अनुसार सिन्दुर (विवाहितहरुको हकमा), पोते र चुरालाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । त्यस्तै, रातो रङलाई साहस र क्रान्तिको प्रतिकको रुपमा लिइन्छ । रातो साडीले महिलामा देवी भगवती र पार्वतीको शक्ति पैदा गर्ने तथा श्रीमानप्रतिको विश्वास र समर्पण झल्काउने सौन्दर्य विज्ञ प्रतिमा सुवेदी बताउँछिन् । उनका अनुसार तीजमा गरिने श्रृंगारले महिला सौन्दर्यको आयतनलाई फराकिलो बनाउँछ । 

आज समाजिक सञ्जालमा नियाल्दा अधिकांश महिलाले यस्तै श्रृंगारमा खिचिएका तस्बिरहरुको सेयर गरेका छन् । नेपाली चलचित्रका केही अभिनेत्रीले पनि ‘तीज लुक्स’ भन्दै तस्बिर सेयर गरेका छन् । 

अभिनेत्री केकी अधिकारीले फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘तीजको रहर आयो बरि लै ।’ अभिनेत्री स्वस्तिमा खड्काले पनि रातो साडीमा खिचिएको तस्बिर सेयर गरेकी छन् । उनको घाँटी र हातमा आकर्षक गहना पनि देख्न सकिन्छ । 

अभिनेत्री सुरक्षा पन्तले नाच्दै गरेको तस्बिर पोष्ट्याएकी छन् । नीता ढुंगानाले पनि रातो कुर्तामा सजिएको फोटो हालेकी छन् ।

टिप्पणीहरू