प्रिग्नेन्सी फोटोशुटपछि हिरोइनको काखमा छोरी

प्रिग्नेन्सी फोटोशुटपछि हिरोइनको काखमा छोरी

बलिउड अभिनेत्री दीपिका पादुकोणले पहिलो सन्तानलाई जन्म दिएकी छन् । बिहे गरेको ६ वर्षपछि उनले आज दिउँसो छोरी जन्माएकी हुन् । 

साताअघि मात्रै प्रिग्नेन्सी फोटोशुट गराएकी दीपिकालाई हिजो अपरान्ह एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । 

सन् २०१८ मा अभिनेता रणवीर सिंहसँग लगनगाँठो कसेकी दीपिकालाई बच्चा कहिले जन्माउने ? भन्ने दर्शकको प्रश्नले सँधै हैरान बनाएको थियो । उनले छोरीलाई जन्म दिएको खबर सार्वजनिक भएसँगै धेरै सेलिब्रेटी र दर्शक तथा प्रशंसकहरुले बधाई तथा शुभकामना दिइरहेका छन् ।
 

टिप्पणीहरू