सहकारीको पैसा ग्यालेक्सीमा आएको स्वीकार्दै रविले भने- तर म दोषी हैन !

सहकारीको पैसा ग्यालेक्सीमा आएको स्वीकार्दै रविले भने- तर म दोषी हैन !
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट रकम आएको स्वीकार गरेका छन् । तर, त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी उनले पुन: दोहोर्याए । 

पार्टीको सुदुरपश्चिम प्रदेश समिति बैठकलाई सम्बोधन गर्न धनगढी पुगेका लामिछानेले अरुले गरेको बदमाशीको जिम्मेवारी आफूले नलिने बताए । आफू उक्त संस्थामा आवद्ध भएकै कारण व्यक्तिले गरेको गलत कामको दोष लिन नसक्ने उनको तर्क छ ।  

‘विभिन्न सहकारीबाट गोर्खा मिडियासहितका संस्थाहरुमा गलत तरिकाबाट पैसा आएको स्पष्ट भइसकेको छ, तर कसले ल्यायो भन्ने मुख्य कुरा हो’, लामिछानेले भने, ‘यदि त्यसमा मेरो संलग्नता भएको भए, मैले पैसा लिएको पुष्टि हुन्छ भने मलाई भन्दिनुपयो, मैले कहाँ हो तिनुपर्ने, तर, म भएकै बेला पैसा आएको कारण मात्रै त्यसको दोष म लिन सक्दैन, कसैले लिन सक्दैन ।’

पूर्व गृहमन्त्रीसमेत रहेका उनले गोर्खा मिडियामा सहकारीबाट रकम आउनुमा जिवि राई नै जिम्मेवार रहेको दावीसमेत गरेका छन् । ‘म भएकै बेला कसले पैसा ल्यायो, कसरी आयो भन्ने कुराहरुको सम्पूर्ण विवरण प्रहरी प्रतिवेदनले दिएकै छन्, त्यसमा मैले चुनौतीका साथ भनेकै छु, मेरो संलग्गनता छ भने वश् प्रमाणित गरिदिनुस्’, उनले भने । 

लामिछानलेले पछिल्लो समय सत्ता गठबन्धन दलका कतिपय नेताहरुले सहकारी प्रकरण भनेकै रवि लामिछाने हो भन्ने भाष्य स्थापित गर्न खोजेको आरोप पनि लगाए । इतिहासले उनीहरुको मूल्यांकन गर्ने बताउदै भने, ‘लाखौँ सहकारी पीडितहरुको न्यायमा भन्दा पनि रवि लामिछानेलाई डाम्न पाए हुन्थ्यो, दोषी देखाउन पाए हुन्थ्यो भनेर केन्द्रीत भएर लागेका छन् ।’

सहकारीको पैसा गोर्खा मिडियामा ल्याउन आफ्नो कुनै संलग्नता नरहेको दाबी दोहोर्याउँदै फेरि भने, ‘पैसा कसले ल्यायो भन्ने कुरा मुख्य कुरा हो । विभिन्न मिडिया ट्रयाल गरेर मलाई नै दोषी देखाउन जुन प्रयास गर्न खोजिदैछ, त्यसबाट चाही म तर्सिदैन ।’

टिप्पणीहरू