एसबीआईको भैरहवामा नयाँ भवन, पहिलेको ठाउँबाट कार्यालय स्थानान्तरण

एसबीआईको भैरहवामा नयाँ भवन, पहिलेको ठाउँबाट कार्यालय स्थानान्तरण
सुन्नुहोस्

नेपाल एसबीआई बैंक लिमिटेडको भैरहवा शाखा स्थानान्तरण गरिएको छ । यसअघि बैंक रोडमा रहेको शाखालाई नारायणपथमा रहेको कार्यालयबाट सञ्चालनमा ल्याइएको छ ।

शाखाको नयाँ भवनबाट सेवा शुभारम्भ बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका हुन् । सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याललगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

शाखा स्थानान्तरणबाट ग्राहकलाई थप सुविधासहितको बैंकिग सेवा उपलब्ध हुने बताइएको छ । हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय, १२१ एटिएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

 

टिप्पणीहरू