नगदको सट्टा जग्गा दिने ओरेण्टलको प्रस्ताव

नगदको सट्टा जग्गा दिने ओरेण्टलको प्रस्ताव

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बचतको साटो अचल सम्पत्ति लिन चाहने ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्तासँग निवेदन माग गरेको छ । 

भक्तपुरको साविक गुण्डु गाविसमा रहेका जग्गामध्येबाट लिन चाहने बचतकर्तालाई निवेदनका लागि आग्रह गरिएको छ । कार्यालयले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदाबी फिर्ता गर्न चाहेमा १५ दिनभित्र निवेदन पेश गर्न सूचित गरेको छ । 

‘उक्त सहकारी संस्थाको विभिन्न ऋणीहरुको नाममा भक्तपुर जिल्ला साविक गुण्डु गाविसमा रहेका जग्गाहरुमध्येबाट यस कार्यालयमा मागदाबी पेश गरेका मागदाबीकर्ताहरुले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदाबी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिनभित्र यस समितिको कार्यालय, बुद्धनगर, काठमाडौंमा निवेदन पेश गर्नुहुन सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ असोज ७ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

टिप्पणीहरू