नेपालको सार्वभौम क्रेडिट रेटिङ शुरु

नेपालको सार्वभौम क्रेडिट रेटिङ शुरु

नेपालको सार्वभौम क्रेडिट रेटिङ थालिएको छ । फिट्च रेटिङ लिमिटेडका विज्ञहरुको टोलीले आजदेखि उक्त कार्य थालेको बताइएको छ ।

त्यसका लागि दुई जना विज्ञ हिजो राति १० बजे क्याथे प्यासिफिकको उडानमा हङकङबाट काठमाडौं आइपुगेका हुन् । 

रेटिङ ओभरसाइट कमिटीको तर्फबाट स्टाण्डर्ड चार्टर्ड बैंक नेपालका सिरिन खतिवडालाई टोलीको निम्ति सम्पर्क व्यक्तिको रुपमा खटाइएको छ । उक्त कार्य अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रत्यक्ष समन्वयमा गराईंदै छ ।

टोली पर्सि राति क्याथे प्यासिफिकको उडानमा हङकङ फर्कने तालिका छ । टोलीमा रेटिङ विज्ञको रुपमा रुकमाकर थोमस डिर्क र क्रुस्टिन्स क्रिस जनिस छन् ।

टिप्पणीहरू