स्वच्छ ऊर्जामा फड्को,चीनको उन्नति चर्को

स्वच्छ ऊर्जामा फड्को,चीनको उन्नति चर्को
सुन्नुहोस्

छिमेकी मित्रराष्ट्र चीनको सर्वाङ्गीण विकासमा स्वच्छ र हरित ऊर्जाले पनि मुख्य स्थान लिन थालेको छ । पश्चिमी प्रान्त छिङहाईको राजधानी सिनिङ र हाइतोङ शहरमा स्वच्छ र हरित ऊर्जाको व्यापक प्रयोगले वातावरणमा सकारात्मक योगदान पुर्याएको बताइन्छ । 

उक्त प्रान्त भ्रमण गर्दै रहेको नेपाली लेखक तथा पत्रकारहरुको टोलीले गरेको सम्बन्धित उद्योगको स्थलगत अवलोकनबारे उल्लेख गर्दै चाइना न्युज नेटवर्कको अनलाइन संस्करण लेख्छ :

टोलीले छिङहाई स्वच्छ ऊर्जा र हरित ऊर्जा उद्योगको अवलोकन भ्रमण गरेको छ । ती उद्योगबाट राजधानी सिनिङमा भएको स्वच्छ ऊर्जाको वितरणसम्वन्धी समग्र जानकारी लिइएको छ । विशेषगरी स्वच्छ ऊर्जाको स्रोत र यसको फाइदाबारे टोलीले विशेष अभिरुचि राखेको पाइएको छ ।

टोलीले हाइतोङ शहर,होङ्ग्नान नयाँ क्षेत्र छिङस्यु डिजिटल आर्थिक मुख्यालय भ्रमणको क्रममा महिला रोजगारीबारे पनि चासो लिएको छ । छिङहाई कृषि,वनजंगल र पशुपालन उत्पादन एवम् व्यापार केन्द्रले हरित अर्गानिक कृषि तथा पशुपन्छी उत्पादनमा दिएको महत्वले पनि नेपाली टोलीको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू