उपत्यकाको विकासमा विश्व बैंकसँग सहकार्यको प्रस्ताव

उपत्यकाको विकासमा विश्व बैंकसँग सहकार्यको प्रस्ताव
सुन्नुहोस्

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा विश्व बैंङ्कको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको जनाउँदै सहकार्यको  प्रस्ताव गर्नुभएको छ । विश्व बैंकका उच्च अधिकारीहरू सम्मिलित टोलीसँगको भेटमा उहाँले उक्त धारणा राख्नुभएको बताइएको छ । 

आज बिहान भएको भेटमासहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो । मन्त्री सिंहले उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रूपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि टोलीसँग आग्रह गर्नुभएको हो ।

टोली प्रमुख तथा विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि अपरेसन म्यानेजर प्रीति अरोराले नेपाल सरकारको प्रस्तावमा बैंक सकारात्मक रहेको जानकारी दिनुभएको बताइएको छ ।

टिप्पणीहरू