तीन दर्जन सहकारीबाट ८७ अर्ब ठगी, गोरखा मिडियामा ८५ करोड लगानी

तीन दर्जन सहकारीबाट ८७ अर्ब ठगी, गोरखा मिडियामा ८५ करोड लगानी
सुन्नुहोस्

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन संसदमा पेश गरेको छ । समिति सभापति सूर्यबहादुर थापाले आज प्रतिनिधिसभा बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

गत जेठ १५ गते गठन भएको समितिले करिब सय दिनको अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो । सो क्रममा ६६ वटा बैठक बसेको, ५५ जनासँग सोधपुछ र ४५१ जनासँग परामर्श गरिएको सभापति थापाले जानकारी गराए । 

त्यस्तै उनले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको पनि बताएका छन् । ती सहकारीबाट ८७ अर्ब रुपैयाँ ठगी भएको उनको भनाई छ । 

गोर्खा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट ८५ करोड लगानी गरिएको थापाले जानकारी दिए । ‘त्यो सबै रकम सहकारीबाट ल्याइएको छ, अन्त कतैबाट रकम ल्याइएको छैन’, उनले भने, ’त्यससम्बमा हामीले ८ वटा सुझाव पनि प्रतिवेदनमा राखेका छौं ।’

सभापति थापाले कतिपय सहकारीका सञ्चालकहरुको कारण प्रतिष्ठित व्यक्तिलाई समेत हैरानी दिएको बताए । गायक रामकृष्ण ढकालको प्रसंग निकाल्दै भने, ‘गायक रामकृष्ण ढकाल फेक ऋणीको रुपमा प्रताडित हुनुहुन्छ । उहाँ जस्ता धेरै प्रतिष्ठित व्यक्तिहरु ठगीको शिकार हुनु भएको छ ।’

उक्त प्रतिवेदन प्रतिनिधिसभाले आवश्यक कार्यन्वयनका लागि आजै सरकारलाई पठाएको छ ।

 

टिप्पणीहरू