मिनी बसमा आएका भारतीयको साथमा नक्कली नोट

मिनी बसमा आएका भारतीयको साथमा नक्कली नोट

पर्सामा नक्कली नोटसहित एक भारतीय युवक पक्राउ परेका छन् । बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ का २० वर्षीय कृष्णकुमार महतो समातिएका हुन् । 

प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले हिजो साँझ वीरगञ्ज महानगरपालिका–१४, गण्डक चोक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीका अनुसार वीरगञ्जबाट हेटौंडातर्फ जादैँ गरेको बा.प्र ०३–००१ ख २१४८ नम्बरको मिनी बस चेकजाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट नक्कली नोट फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू