फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को नाम परिवर्तन गर्न लागिएकोे छ । 

पोखरामा सम्पन्न विधान अधिवेशनले नाम परिवर्तन गरेर ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ राख्ने निर्णय गरिएको छ । पार्टीको झण्डा पनि परिवर्तन गर्ने निर्णय पारित भएको बताइएको छ । 

त्यस्तै, ११ जनाको केन्द्रीय पदाधिकारी र ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधानमा व्यवस्था गरिएको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने छन् । 

अधिवेशनले सबै तहका कमिटी प्रत्यक्ष प्रणालीबाट चुन्ने र युवा प्रतिनिधित्व बढाउने निर्णयसमेत गरेको बताइएको छ । आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने सो पार्टीको निर्णय छ ।

टिप्पणीहरू