जग्गाको विरोध गरेका नेताहरुलाई एमालेको सात दिने पुर्जी

जग्गाको विरोध गरेका नेताहरुलाई एमालेको सात दिने पुर्जी
सुन्नुहोस्

नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षर रहेको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

पार्टीका पूर्वउपाध्यक्ष भीम बहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ । अस्ति साँझ बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताइन्छ ।

पत्रमा सोधिएको छ, ‘विधानको धारा ८१ बमोजिम कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात सात दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ ।’

विधानको उक्त धारामा पार्टी निर्णय विपरित कार्य गर्नेहरुलाई निलम्बन, जिम्मेवारीबाट हटाउने र निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

टिप्पणीहरू