त्यता आज म्हःपूजा,भोलि भाइटीका
भक्तपुरका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालिकाले आज साँझ सवा ५ बजेपछि म्हःपूजा र भोलि साँझ ७ बजेर १ मीनेटपछि भाइटीका (किजा पूजा) मनाउने निर्णय गरेको हो।
तलेजु मन्दिरका पुजारी, राजोपाध्याय नाइके, जोशी नाइके, कर्माचार्य नाइके, ज्योतिषविद्का अनुसार आज म्हःपूजा र भोलि भाइटीका मनाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । यता, नेपाल पञ्चाङ्क निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा मनाउने निर्णय गरेको छ।
यस वर्ष भाइटीकाको साइत बिहान ११ बजेर ३७ मीनेटमा रहेको समितिले जनाएको छ ।
टिप्पणीहरू