हरे,हाम्रो देशको दुर्दशा ! दोष सरकारको मात्रै कि नागरिकको पनि !

हरे,हाम्रो देशको दुर्दशा ! दोष सरकारको मात्रै कि नागरिकको पनि !

अंग्रेजीमा एउटा कथन छ-फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन । अर्थात् पहिलो प्रभाव नै अन्तिम प्रभाव हो । 

कुनै नयाँ ठाउँमा पुग्दा झन् यो कथन हुबहु मिल्छ । विदेशी पर्यटक नेपाल आउँदा कसरी सकारात्मक प्रभाव पार्ने भन्नेतर्फ हामी सचेत हुनुपर्छ/ध्यान दिनुपर्छ । तर,पर्यटक ओर्लने मुख्य गन्तव्यमै नकारात्मक प्रभाव पार्ने यति कारण छन्,चर्चा गरिसाध्य छैन । 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय  विमानस्थलमा दुर्दशाको प्रसंग हो, यो । त्यहाँभित्र केही यस्ता लाजमर्दो दृश्यहरु देखिन्छन्,जसले विदेशी पर्यटकमा नेपालको छविबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ । तर,यसबारे न सरकारलाई चासो छ,न सम्बन्धित निकायलाई । 

तस्वीर नं १ :

झ्वाट्ट हेर्दा यो तस्वीर सामान्य लाग्छ । तर ध्यान दिएर हेर्दा त्यसमा थुप्रै गल्ती भेटिन्छ । अध्यागमन कटेर लगेज लिन भन्सारकोएक्सरेनेर लाइन लाग्नासाथ प्रथम त,ब्यानरको पहिलो शब्द नै अशुद्ध छ । ‘Welcome’ हुनुपर्नेमा ‘Well come’ राखिएको छ । त्यसपछि ‘तपाईंलाई’ हुनुपर्नेमा ‘तपाइलाई’ लेखिएको छ । त्यस्तै ‘मालवस्तु’ हुनुपर्नेमा ‘मालबस्तु’ लेखिएको छ । 

यसरी एयरपोर्टजस्तो सार्वजनिक, संवेदनशील र प्रचारात्मक ठाउँमा यति अशुद्ध ब्यानर राख्दा पर्यटकहरुमा कस्तो सन्देश जाला ? यो सोचनीय विषय हो । 

तस्वीर नं २ :

 

यो दृश्यले झन् सरकारको लापरवाहीलाई उदांगो बनाइदिएको छ । अहिले हामी ‘भिजिट नेपाल २०२५’ को तयारीमा छौँ । त्यसनिम्ति पर्यटन मन्त्रालयले प्रचार प्रसार पनि थालिसकेको छ । तर एयरपोर्टमा भने सन् २०२० कै शीर्षक राखिएको छ । जबकि अहिले सन् २०२४ को अक्टोबर हो । 

लगेज तथा ब्याग लिने र्याम्पमा एक महिला थचक्क बसेकी छन् । अर्की एक महिलाले र्याम्पमा खुट्टा राखेकी छन् । यसरी असभ्य हर्कत देखाउने जो कोही भए पनि एयरपोर्ट व्यवस्थापनले ध्यान दिनुपर्थ्यो । यात्रु तथा पर्यटकको झोला,लगेजको सुरक्षाको हिसाबले पनि र्याम्प परिसरमा सुरक्षागार्ड खटाउनुपर्ने हो । तर, हाम्रो विमानस्थलभित्र त्यो छैन ।

यसरी एयरपोर्टमा चार वर्ष पुरानो भिजिट नेपालको ब्यानर राखेपछि पर्यटकले के बुझ्लान् ? के सन्देश फैलाउलान् ? यो पनि गम्भीर सोचनीय विषय छ । 

तस्वीर नं ३ :

 

यो तस्वीर ध्यान दिएर हेर्नुहोस् । तीन युवती कैद भएको यस तस्वीरमा झट्ट हेर्दा कैफियत नदेखिएला । तर, यहाँ एयरपोर्टको गम्भीर लापरवाही देखिन्छ । 

लगेज तथा ब्याग लिने र्याम्पमा एक महिला थचक्क बसेकी छन् । अर्की एक महिलाले र्याम्पमा खुट्टा राखेकी छन् । यसरी असभ्य हर्कत देखाउने जो कोही भए पनि एयरपोर्ट व्यवस्थापनले ध्यान दिनुपर्थ्यो । यात्रु तथा पर्यटकको झोला,लगेजको सुरक्षाको हिसाबले पनि र्याम्प परिसरमा सुरक्षागार्ड खटाउनुपर्ने हो । तर, हाम्रो विमानस्थलभित्र त्यो छैन । 

तस्वीर नं ४ :

 

यो तस्वीरले विमानस्थलको सरसफाईको अवस्था छर्लङ्ग देखाएको छ । ब्याग तथा लगेज लिने ठाउँमा फोहोरको थुप्रो राखेपछि पर्यटकहरुले के सोच्छन् होला ? यसमा पनि ध्यान दिएको पाइँदैन ।

टिप्पणीहरू