यता लक्ष्मीपूजा,उता भारतलाई बिजुली निर्यात

यता लक्ष्मीपूजा,उता भारतलाई बिजुली निर्यात

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको राति पनि बिजुली बत्ति निर्यात गरेको  छ । हिजो साँझ मुलुकभर बिजुलीको उच्च माग भइरहँदा पनि बढी उत्पादन भएको बिजुली भारत पठाइएको प्राधिकरणले जनाएको छ ।

हिजो साँझ मुलुकभर बत्तिको डिमान्ड १६०२ मेगावाट पुगेको थियो । सोही समयमा आन्तरिक मागभन्दा बढी उत्पादन भएको साढे २ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भएको हो । 

बत्तिको आन्तरिक मागको अवस्था बुझ्न हिजो साँझ प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंग स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर पुगेका थिए । उनी ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलगायत प्राधिकरणका अन्य उच्च अधिकारीसहित त्यहाँ गएका हुन् ।

टिप्पणीहरू