पचास लाखमा थर्काउने रवि,डिप्रेसन झेल्ने शंकर
सहकारी ठगीमा कहीं कतै संलग्न नरहेको दाबी गर्दै आएका तर अहिले सोही अभियोगमा प्रहरी हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका कारण काठमाडौँको सत्य साई सहकारीका एक कर्मचारी डिप्रेसनको बिरामी भएको तथ्य खुलेको छ । पत्नी निकिता लामिछाने पौडेल उपाध्यक्ष रहेको उक्त सहकारीबाट ऋण लिएका रविले धाकधम्की दिएपछि व्यवस्थापक शंकर दाहाल डिप्रेसनमा पुगेका हुन्।
अमेरिकामा रहेकी तत्कालीन पत्नीसँग डिभोर्स गरेर निकिता पौडेलसँग तेस्रो बिबाह गर्न उक्त सहकारीबाट लामिछानेले ५० लाख ऋण लिएका थिए । तीन महिनाको भाखा मागेर ऋण लिएका उनले उक्त अवधिमा फिर्ता नगरेपछि व्यवस्थापक दाहालले पटक-पटक ताकेता गरे । तर,पैसा फिर्ता गर्न गरिएको आग्रहलाई 'अनावश्यक किचकिच' भन्दै रविले उनलाई 'टर्चर' दिएको र डिप्रेसनमा पुगेको सहकारीका अध्यक्ष भरत जंगमले खुलाए ।
सातै दिनमा डोलप्रसाद उर्फ डिपी अर्यालमार्फत पैसा बुझाइयो । मेडिकल बिचौलिया भनिएका दुर्गा प्रसाईसँग दुई करोड मागेको आरोपमा सांसद र पार्टीको जिम्मेवारीबाट निकालिएका ढाकाकुमार श्रेष्ठसँग डिपीले पैसा लिएको र रवि स्वयं सहकारीमा उपस्थित भएर रकम बुझाएको बताइन्छ ।
तथ्य खोल्दै उनले भनेका छन्,'रवि लामिछानेले निकिताको नामबाट लिएको पैसा समयमै चुक्ता गर्न ताकेता गर्दा टर्चर दिएपछि शंकर दाहाल डिप्रेसनमा गएका हुन् । लामो समय उनले औषधि सेवन गर्नुपरेको थियो ।'
लामो समयदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका जंगम आफैँ सहकारी ठगीको आरोप खेपिरहेका छन् । तर, रवि र उनको टोलीले आफूलाई फसाएको उनको दाबी रहँदै आएको छ । रविको निकितासँग घरजम गराइदिन आफूले खुला हृदयले गरेको सहयोगलाई गलत प्रयोग गरेर आफ्नो बदनाम गरिएको उनको गुनासो छ ।
जंगमका अनुसार निकितासँग ०७५ माघ ७ मा तेस्रो बिहे गर्नुअघि रविले पूर्वपत्नीलाई डिभोर्सवापत दिनुपर्ने रकम र निकितासँग बिहे खर्चका लागि ऋण लिएका हुन् । रवि-निकिताले सहकारीकै पैसा खर्च गरेर नगरकोटको सुविधासम्पन्न होटलमा भव्य भोज आयोजना गरेको जंगम बताउँछन् । तर, आखिरमा त्यही ऋण फिर्ता गर्न आलटाल गरेका रविदम्पतिले उल्टै सहकारीका कर्मचारीलाई पटक-पटक थर्काए ।
डिपी अर्यालको डुबेको सहकारी कसरी जिबी राईलाई भिडाइयो र उनलाई भगाउन रविले के-के हर्कत गरे भन्ने अर्को रहस्य पनि खुलेको छ ।
व्यवस्थापक बिरामी हुने तहसम्म पुगेपछि जंगम आफैँले रविलाई पैसा फिर्ता दिन आग्रह गर्दा चर्को कुरा गर्दै 'मसँग पैसा माग्ने ? सात दिनमा फिर्ता गर्दिन्छु' भनेर धम्कीको भाषा बोलेका थिए । त्यसपछि भने सातै दिनमा डोलप्रसाद उर्फ डिपी अर्यालमार्फत पैसा बुझाइयो । मेडिकल बिचौलिया भनिएका दुर्गा प्रसाईसँग दुई करोड मागेको आरोपमा सांसद र पार्टीको जिम्मेवारीबाट निकालिएका ढाकाकुमार श्रेष्ठसँग डिपीले पैसा लिएको र रवि स्वयं सहकारीमा उपस्थित भएर रकम बुझाएको बताइन्छ ।
रवि र निकिताले ५० लाख कसरी हात पारे र पैसा फिर्ता लिन के-के गर्नुपर्यो भित्री कहानी खोतल्दै जंगमले भनेका छन्, 'उताकी श्रीमतीसँग डिभोर्स गर्न पैसा चाहिएको कुरा गरेका थिए । उद्धवकी (उद्धव पौडेल)छोरी मेरो पनि छोरीजस्तै ठानेर उनीहरुको राम्रो हुन्छ भने म कतै भनी मिलाइदिउँला भनेको थिएँ । पर्सनल लेनदेन गर्दिन,कुनै सहकारीमा भन्दिन्छु भनेको थिएँ । तर, पछि फेरि आउँदा त उनीहरु सहकारी नै लिने योजनामा पो रहेछन् ।
डिपी अर्यालको डुबेको सहकारी कसरी जिबी राईलाई भिडाइयो र उनलाई भगाउन रविले के-के हर्कत गरे भन्ने अर्को रहस्य पनि खुलेको छ ।
रविको सहयोगी बनेर आएका रामहरि अधिकारीसहित 'नटवरलाल'हरुले सहकारी लिने प्रस्ताव अघि सारेको र आफूलाई भुलभुलैयामा पारेको जंगमको दाबी छ । 'एउटा सहकारी हाम्रो हातमा छ,तपाईं अध्यक्ष बन्नुस्,निकितालाई उपाध्यक्ष राखौँ',योजना सुनाउँदै रामहरिले तत्काल बिहेको लागि ५० लाख पैसा निकाल्ने प्रस्ताव राखे । निकिता उपाध्यक्ष बन्ने र रविको पनि सहयोग हुने भएपछि आफूले इमान्दारिताका साथ प्रस्ताव स्वीकार गरेको जंगम बताउँछन् । त्यसपछि आफूलाई ५० लाख जम्मा गराउन लगाएर भोलिपल्टै रविले २५-२५ लाख झिकी लगेको उनको भनाई छ ।
तर,तीन महिनाको लागि लिएको ऋण उनीहरुले एक वर्षसम्म नफर्काएपछि आन्तरिक किचलो शुरु भयो । 'मैले पैसा किन उठेन भनेर सोधखोज गरेपछि शंकर दाहालले रविलाई ताकेता गर्नु स्वभाविक हो । तर,उनले त उल्टै कारवाही गर्छु भनेर गाली गरे । शंकर लगाएर जबर्जस्ति मसँग पैसा उठाउन खोज्ने भनेर मलाई पनि थर्काउन खोजे',जंगमले भने ।
यता,डिपी अर्यालको डुबेको सहकारी कसरी जिबी राईलाई भिडाइयो र उनलाई भगाउन रविले के-के हर्कत गरे भन्ने अर्को रहस्य पनि खुलेको छ । डिपी उपाध्यक्ष रहेको 'हाम्रो सहकारी संस्था', जसमा रविको पनि अप्रत्यक्ष संलग्नता थियो । औपचारिकरुपमा पदाधिकारीमा डिपीमात्र थिए, तर हर्ताकर्ता चैं रवि । भित्रभित्र लेनदेनदेखि सबै आर्थिक कारोबार रविकै निर्देशनमा हुने गरेको जानकारहरु बताउँछन् ।
मैले तिम्लाई मद्दत गरेर सहकारी सकारें, अनि मेरो पासपोर्ट रोक्का गर्ने ?' भन्दै उनी जंगिएपछि 'मारामार' पर्न थाल्यो । त्यसपछि रविकै अनुरोधमा सात जनामध्ये जिबीको मात्रै पासपोर्ट रोक्का खुला गरिएको स्रोत बताउँछ ।
तर,जब सहकारी डुब्दै गयो त्यसपछि रविमार्फत जिबीलाई कपटपूर्ण ढंगले सहकारी जिम्मा लगाइयो । 'हाम्रो सहकारी हो,काम गर्न सजिलो हुन्छ' भनेर विश्वास दिलाएपछि जिबीले सहकारी विभागमा सहिछाप गरेर डुबेको सहकारी सकारे । सबै सन्चालकलाई भेला गरेर 'सहकारीको सबै हरहिसाब मेरो जिम्मामा हुनेछ' भन्ने व्यहोराको कागज गराइयो ।
तर,लगत्तै विभागका डाइरेक्टर नवराज घिमिरेले सहकारीको सारा सम्पत्ति रोक्का गर्दै जिबीसहित सात जना सन्चालकको पासपोर्ट रोक्का गर्न अध्यागमनमा पत्र पठाइदिए । डुबेको सहकारी भिडाएको केही दिनमै यत्रो लफडामा परेपछि जिबी र रविबीच मनमुटाव शुरु भयो । 'मैले तिम्लाई मद्दत गरेर सहकारी सकारें, अनि मेरो पासपोर्ट रोक्का गर्ने ?' भन्दै उनी जंगिएपछि 'मारामार' पर्न थाल्यो । त्यसपछि रविकै अनुरोधमा सात जनामध्ये जिबीको मात्रै पासपोर्ट रोक्का खुला गरिएको स्रोत बताउँछ ।
२२ गते रोक्का भएको पासपोर्ट २८ गते खुलेपछि लगत्तै जिबी मलेसिया उडे र एक महिनापछि नेपाल फर्किए । त्यसयता बेपत्ता उनी कहाँ छन् आधिकारिक जानकारी छैन । उनी मलेसियामा रहेको अनुमान गरिएको छ । रवि गृहमन्त्री भएका बेला 'जिबी राईको लोकेसन पत्ता लाग्यो' भन्दै मलेसियामा रहेको संकेत गरेका थिए । तर, अध्यागमनको रेकर्डले भने उनी नेपालमै रहेको देखाउँछ । किनभने उनी रविसँगको सल्लाहमै विमानस्थलबाट नभई स्थलमार्ग (भारत) हुँदै मलेसिया पुगेको धेरैको दाबी छ ।
गृहमन्त्री भएका बेला र पछि पनि रविले भने तत्कालीन सरकार (नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला)ले जिबीलाई भगाएको आरोप लगाएका थिए । तर, यो प्रकरणमा त्यसबेलाका गृहमन्त्रीले पासपोर्ट रद्ध भएको र खुलेको कुरा पत्तै नपाएको बताइन्छ ।
शंकर दाहाले डिप्रेसनको कारणले लेखेको सुसाइड नोट सहकारी अफिसलाई बुझाइएको छ ।
टिप्पणीहरू