प्रधानमन्त्रीमाथि हुटिङ्ग गर्नेको पहिचान खोज्दै प्रहरी

प्रधानमन्त्रीमाथि हुटिङ्ग गर्नेको पहिचान खोज्दै प्रहरी

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिजो साँझ त्रिपुरेश्वरमा ‘अमर्यादित नाराबाजी’ गर्नेहरूलाई प्रहरीले खोजिरहेको छ।

सहकारी ठगी गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहको नाममा दशरथ रंगशालाभित्र हुलदंगा गर्न खोज्ने कतिपय युवाको पहिचान भइसकेको सुरक्षा स्रोतले जनाएको छ ।

‘हिजो साँझ मैदानमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू सबैजसो रास्वपाकै कार्यकर्ता रहेछन्,’प्रहरी स्रोतले भन्यो,‘तीमध्ये धेरैको पहिचान भइसक्या छ । कतिलाई भिडियोमार्फत् पहिचान गर्दैछौँ । थप कारबाही अघि बढाउँछौँ ।’ 

तिनै सुरक्षाकर्मीले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए ।

प्रधानमन्त्री ओली फुटबल हेर्न दशरथ रंगशाला जानसक्ने संकेत पाएलगत्तै रास्वपा कार्यकर्ताले हुलदंगा गर्ने योजना बनाएका थिए। तर,उनीहरूको त्यो योजना रोक्न र पहिचानका लागि प्रहरीले सादा पोशाकमा जवानहरू खटाएको थियो । तिनै सुरक्षाकर्मीले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए ।

‘कतिलाई सम्झाइ–बुझाइ गर्छौं । कतिलाई अनुसन्धानका लागि बोलाउँछौँ । आवश्यक परे थुन्छौँ, उनीहरूको पृष्ठभूमि हेर्छौं । संगठित रुपमा रंगशाला छिरेका हुन् कि लहै लहैमा नाराबाजी गरेका हुन् ? उनीहरूको गतिविधि नियालिरहेका थियौँ,’ नाराबाजीको पहिचानमा खटिएका अधिकारीले भने ।

टिप्पणीहरू