एमालेकै छोराछोरी रवि र बालेनको पछि लागेको ठहर

एमालेकै छोराछोरी रवि र बालेनको पछि लागेको ठहर

सरकारका प्रवक्ता,सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै कार्यकर्ता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विरोधमा उत्रिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहको पछि लागेर एमाले नेताका छोराछोरीले पार्टी अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरेको उनले गुनासो पोखेका हुन् । यसप्रति कसैको ध्यान नगएको भन्दै गुरुङ्गले पार्टीपपंक्तिलाई सजग गराए ।

'हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन् । अनि हाम्रो पार्टी अध्यक्ष,प्रधानमन्त्री र पार्टीकै विरुद्ध जथाभावी लेखिरहेका छन् । त्यसप्रति हाम्रो ध्यान गएको छ ? छैन । ध्यान जानुपर्छ ।' 

'हाम्रा छोराछोरी रवि लामिछानेको पछाडि लागिरहेका छन् । तपाईं हामीले ध्यान दिएको छ ?', प्रश्न गर्दै उनले भने, 'हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन् । अनि हाम्रो पार्टी अध्यक्ष,प्रधानमन्त्री र पार्टीकै विरुद्ध जथाभावी लेखिरहेका छन् । त्यसप्रति हाम्रो ध्यान गएको छ ? छैन । ध्यान जानुपर्छ ।' 

प्रमुख पार्टीका विद्यार्थी संगठनहरु कमजोर हुँदै गएको बताउँदै गुरुङले युवाहरु रवि र बालेनको पछि लाग्ने अवस्था आउनुमा उनीहरुको भूमिका जिम्मेवार रहेको दाबी गरेका छन् । 

'आज मात्र एकजना व्यक्तिले मलाई भन्नुभयो कि पहिला पहिला त कमरेड नेविसंघतिर कति विद्यार्थी छ,अखिलमा कति विद्यार्थी छ, अखिल क्रान्तिकारीमा कति विद्यार्थी छ मलाई कन्ठै हुन्थ्यो । अहिले विद्यार्थी संगठनहरु कहाँ गएका होलान् ? हाम्रा अखिल कहाँ गएका होलान् ? नेविसंघ कहाँ होलान् ? क्रान्तिकारीहरु कहाँ गएका होलान् ? कुर्सि मात्र भाँच्दैछन् कि विद्यार्थीको काम पनि गर्दैछन् भन्दै थिए',उनले सुनाए ।   

अहिले २० देखि २५ प्रतिशत विद्यार्थी मात्र राजनीतिमा सक्रिय रहेको र बाँकी अराजनीतिक मान्छे सबै रास्वपा र बालेनको पछाडि दौडिएको गुरुङको भनाई छ ।

भिडियाे श्राेत BL

 

टिप्पणीहरू