मेचीदेखि महाकालीसम्म काङ्ग्रेस
सत्तारुढ दल नेपाली काँग्रेसले पूर्वको मेचिनगरदेखि पश्चिमको महेन्द्रनगरसम्म ‘युवा संकल्प यात्रा’ गर्ने भएको छ । युवा नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा आगामी कात्तिक २३ गतेदेखि यस्तो यात्रा गर्न लागिएको हो ।
मुलकमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको ग्यारेन्टीका निम्ति दबाब दिन संकल्प यात्रा आयोजना गरिएको जनाइएको छ ।
त्यसैगरी युवालाई रोजगारीको ग्यारेन्टी,मँहगी र मूल्यबृद्दि नियन्त्रण, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही,सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकारलगायत यात्राको एजेण्डा रहेको छ ।
टिप्पणीहरू