भूपू कर्णेलले राजावादी पार्टी खोल्दै

भूपू कर्णेलले राजावादी पार्टी खोल्दै
सुन्नुहोस्

नेपाली सेनाका एक जना पूर्व कर्नेलको नेतृत्वमा नेपाल एकता पार्टी गठन गर्न लागिएको छ । राजा र राजतन्त्रको समर्थन गर्दै आएका डा. महेन्द्रजंग शाहको पहलमा डिल्लीराम खनाललगायत प्रभुराम पीडितहरु भेला भएर पार्टी गठन हुन लागेको बुझिएको छ । 

शाह नाताले बिएल मिडिया निकट एकजना व्यक्तिको भिनाजु पर्छन् । महेन्द्रकी पत्नी शोभा कार्कीले डेढ दशकदेखि ती व्यक्तिलाई भाइटीका लगाउँदै आएकी छन् । एमाले निकट कार्की पेशाले कानुन व्यवसायी हुन् ।

अमेरिकामा बस्दै आएका डा.प्रदिप भट्टराई र ज्योति देवकोटाको बिएल मिडियाको दर्तादेखि सम्पादनसम्म मुख्य भूमिका रहने गरेको कतिपयले बताउने गरेका छन् । पूर्व सेनाप्रमुख प्रभुराम शर्माले पूर्व कर्णेल शाहलाई थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा पुर्याएको बेलामा उनै व्यक्तिले शाहलाई भरथेग गरेका थिए । सोही कारण बिएल मिडियालाई शाहसँग जोडेर हेर्ने गरिएको बताइन्छ ।
 

टिप्पणीहरू