चिनियाँ समकक्षीसँगको भेटअघि छन्तुमा नेपाली अधिकारीहरुबीच छलफल

चिनियाँ समकक्षीसँगको भेटअघि छन्तुमा नेपाली अधिकारीहरुबीच छलफल
सुन्नुहोस्

चीन भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच औपचारिक भेटवार्ता हुन लागेको छ । उहाँहरुबीच चीनको सिचुआन प्रान्तको राजधानी छन्तुमा औपचारिक हुने छलफलअघि मन्त्री राणाले त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । 

मन्त्रीले सामाजिक सञ्जालमा दिनुभएको जानकारी अनुसार आगामी वर्ष चीनले आयोजना गर्न लागेको नेपाल भ्रमण वर्ष २०२५ र चीनसँगको कूूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम गर्न सकिने महावाणिज्यदूतको भनाई छ । नेपालमा धेरै चिनियाँ पर्यटक भित्र्याउन र चीनमा नेपाली चिया, कफी, जडिबुटी र खाद्य वस्तु निर्यात गर्न सकिनेबारे पनि छलफलमा चर्चा भएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि गर्न लाग्नुभएको चीन भ्रमणको अजेण्डालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री राणा हिजो चीन जानु भएको हो । उहाँ भोलि स्वदेश फर्केर सोमबार पुनः प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा सामेल हुँदै बेइजिङ जाने कार्यक्रम छ ।

टिप्पणीहरू