चीन भ्रमणअघि सचिवालयको नयाँ कक्षमा क्याबिनेट बैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा भोलिदेखि हुन लागेको चीन भ्रमणका अजेण्डाका बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ सहयोग परियोजना (बीआरआई) कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने अपेक्षा छ । तर, नेपाली काँग्रेसले ऋणको सट्टा अनुदान मात्रै स्वीकार गर्न सकिने धारणा राख्दै आएको छ ।
आजको बैठक बालुवाटारमा तयार पारिएको सचिवालयको नयाँ कक्षमा बसिरहेको छ ।
टिप्पणीहरू