पत्रकारहरुलाई बिहानै विमानस्थल पुग्न सरकारी उर्दी

पत्रकारहरुलाई बिहानै विमानस्थल पुग्न सरकारी उर्दी
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिने पत्रकार सम्मेलनमा बेलैमा उपस्थित हुन सञ्चारकर्मीहरुलाई अनुरोध गरिएको छ । प्रधानमन्त्री चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्नुअघि विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलनको आयोजना गरिँदै छ ।

उक्त कार्यक्रममा सहभागी हुन चाहने पत्रकारहरुलाई बिहान साढे ९ बजेभित्र त्यहाँ पुग्न सूचना तथा प्रसारण विभागले अनुरोध गरेको छ । प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि छ्यिाङको निमन्त्रणामा भोलि चार दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ । 

उहाँ ८७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लाग्नुभएको हो । भोलि प्रधानमन्त्री सवार हुने हिमालय एअरलाइन्सको चार्टर उडानमा जम्मा ४४ जना मात्रै हुनेछन् । प्रतिनिधिमण्डलका बाँकी सदस्य आजै विभिन्न उडानमा त्यता गएको बताइन्छ  । ती सबै निजी क्षेत्रका व्यापारी 

टिप्पणीहरू